नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा पुन: सुरू गरेका छन्।
बिहीबार बिहान नवलपरासीको गोपीगञ्जबाट थापाले संवाद यात्रा सुरू गरेका हुन्।
बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेर थापाले संवाद यात्राको थालनी गरेका छन्।
महामन्त्री थापाले माघ १३ गते झापाको मेची पुलबाट संवाद यात्रा सुरू गरेका थिए। उक्त यात्रा माघ २२ गते गोपीगञ्जमा पुगेर स्थगित भएको थियो।
महामन्त्री थापाले नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँकेलगायत जिल्लाका विभिन्न ठाउँका स्थानीयहरूसँग संवाद गर्ने कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए।
संवाद यात्रामा थापाले भाषण कम र स्थानीयका गुनासा धेरै सुन्ने गरेका छन्। कांग्रेसले सुरू गरेको 'समुदायमा कांग्रेस' अभियानअन्तर्गत नै थापाले संवाद यात्रा गरिरहेका छन्।