प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बैठक बसेको छ।
तीन प्रमुख दलका शीर्ष नेताबीच अहिले छलफल चलिरहेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसँग सम्बन्धित टिआरसी विधेयक अघि बढाउने विषय छलफल हुने उनले बताए।
त्यस्तै संसदको अवरोध खोल्ने लगायत अन्य विषयमा पनि तीन शीर्ष नेताबीच छलफल हुने प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकारी आचार्यले जानकारी दिए।