सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू सुरू भएको छ।
संवैधानिक परिषदको बैठक सकिएलगत्तै गठबन्धनका शीर्ष नेताको बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
बैठकमा संसदको अवरोध, संसदमा विचाराधीन विधेयक, सरकारका काम लगायत विषयमा छलफल हुने आचार्यले बताए।
बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने र स्वास्थयमन्त्री एवम् जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।