प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले निजामती सेवालाई आधुनिक बनाउनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले भने, ‘हामीलाई मध्यम आय भएको समुन्नत देश बनाउनु पर्नेछ। हाम्रो यो आकांक्षा पूरा गर्नका लागि निजामती सेवालाई त्यसअनुरूप आधुनिक बनाउन अत्यावश्यक छ।’
प्रस्तावित निजामती विधेयकका कानूनी व्यवस्थाले विधेयकको उद्देश्यलाई नबोक्ने पनि उनले बताए।
‘यो उद्देश्य पूरा गर्नका लागि हामीले जरा चलाउनु पर्छ। तर विधेयकले प्रस्तावित व्यवस्थाले केबल हाँगाबिँगालाई छिमोल्ने कुरा मात्र गर्छ,’ उनले भने।
प्राज्ञिक हिसाबले काविल र नैतिक हिसाबले प्रतिबद्ध तथा सिक्न चाहने नागरिकलाई निजामती सेवामा ल्याउनुपर्ने उनले बताए।
भिडिओ: