कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन्।
नेकपा (माओवादी केन्द्र) का संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री शर्माले बुधबार अपराह्न प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा बुझाएका हुन्।
यसअघि मुख्यमन्त्री शर्माले प्रदेश सभा बैठकमा सम्बोधन गरी राजीनामाको घोषणा गरेका थिए।
सत्ता गठबन्धन दलहरूबीच संघमा भएको सहमतिमा कर्णाली मुख्यमन्त्री नेकपा (एमाले) ले लिने सहमति भएको थियो।