सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ।
प्रधानमन्त्री कार्यालयमा बिहीबार बसेको बैठकमा सरकारले तीन वटा निर्णय गरेको हो।
यस्ता छन् निर्णय:
१. श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोकिएकोमा सोको सट्टा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने गरी तोक्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने।
२. रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा. डा. पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी डा. वीरेन्द्र प्रसाद यादवलाई नियुक्त गर्ने।
३. बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने।