सुदूरपश्चिम प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान भएको छ।
प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।
मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री दाबी पेस गर्न आह्वान भएको हो।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले शुक्रबार निकालेको विज्ञप्तिमा प्रदेश प्रमुखबाट संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा दाबी पेस गर्न वैशाख २ गते आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका छन्।
