बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले इलाम क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने भएको छ।
वैशाख १५ गते हुने उपनिर्वाचनमा थेगिमलाई समर्थन गर्ने निर्णय भएको नेसपा प्रवक्ता कृष्ण शर्माले शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
‘समतामुलक समृद्धि, पहिचान र सामर्थ्य सहितको संघीयता, सुशासन/सदाचार, राष्ट्रिय स्वाधिनता र समुन्नत समाजवादका पक्षधर स्वतन्त्र उम्मेद्वार डेकेन्द्र सिंह थेगिमलाई मतदान गरी विजयी गराउन सम्पूर्ण मतदाताहरुमा हाम्रो पार्टी आह्वान गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
