इलाम-२ को उपनिर्वाचनका लागि नेकपा (एमाले)बाट सुहाङ नेम्बाङले उम्मेदवारी दर्ता गराउँदैछन्।
सुहाङको उम्मेदवारी दर्ताका लागि कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्की, एमाले नेतृ शिवमाया तुम्बाहाम्फे, घनश्याम खतिवडा लगायतका नेता कार्यकर्ताहरू उनीसँगै पुगेका छन्।
माओवादीले अघि सारेका उम्मेदवार धिरेन्द्र शर्मा पनि एमाले उम्मेदवार सुहाङकै टोलीमा सामेल छन्।
माओवादी केन्द्रले आजमात्रै इलाममा एमालेकै उम्मेदवारलाई समर्थन गरेको थियो।
पार्टीका महासचिव देव गुरूङले प्रदेश कमिटीलाई परिपत्र गर्दै इलाम २ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्बाङलाई समर्थन गर्न भनेका थिए।