नेकपा (एमाले) ललितपुरमा नयाँ नेतृत्वका लागि मतदान जारी छ।
नवौं जिल्ला अधिवेशनअन्तर्गत् सोमबार बिहानबाट नेतृत्व चयनका लागि चुनाव भइरहेको अध्यक्ष मण्डलका अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिए।
बिहान ७ बजेबाट चुनाव भइरहेको र ११ बजेसम्म मतदानको समय छुट्टयाइएको उनले बताए।
आगामी नेतृत्वका लागि अध्यक्षमा मात्रै चार जना आकांक्षी छन्। निवर्तमान अध्यक्ष पुरूषोत्तम आचार्य, चेतनाथ आचार्य, दिनेश कार्की र सुवर्ण श्रेष्ठले अध्यक्षमा प्रतिस्पर्धा गरिरहेको उनले बताए।
४ सय ७७ प्रतिनिधि रहेको जिल्ला अधिवेशनले १ सय २० सदस्यीय कमिटी बनाउने छ। केही पालिकाका सदस्यहरू सर्वसम्मत भएको पनि तामाङले जानकारी दिए।
जिल्ला अधिवेशन शुक्रबारबाट सुरू भएको हो।