कोशी प्रदेश सरकारले आगामी जेठ ११ गते अधिवेशन बोलाउन सिफारिस गरेको छ।
मुख्यमन्त्री केदार कार्कीले जेठ ११ गते बिहान ११ बजे प्रदेश अधिवेशन बोलाउन प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष सिफारिस गरिएको सेतोपाटीलाई जानकारी दिए।
‘आगामी जेठ ११ गते बिहान ११ बजे प्रदेश अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ,’ उनले भने।
कोशीमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) ले अधिवेशन आह्वान गर्न आग्रह गरेका थिए।
उनीहरूले तत्काल प्रदेश सभा अधिवेशन तोक्न भन्दै सोमबार नै प्रदेश प्रमुख खापुङ्गसमक्ष लिखित निवेदन दिएका थिए।