नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा काडमाडौंकी विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कांग्रेस संसदीय दल कार्यसमितिको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको हो।
तत्कालीन भद्रबास गाविसकी अध्यक्षसमेत भइसकेकी पुडासैनी गत माघमा राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन्।
सत्ता गठबन्धनले एमालेकी विमला घिमिरेलाई उम्मेदवार बनाएको छ। घिमिरे कपिलवस्तुकी हुन्।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ। मंगलबार उम्मेदवारी गर्दा गर्ने कार्यतालिका रहेको छ।