निर्वाचन आयोगले चैत २८ गते (बुधबार) देखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता, २०७९ लागु गर्ने भएको छ।
आयोगले २३ खालका व्यक्तिहरूलाई आचारसंहिता लागु हुने प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
वैशाख १५ गते इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ। निर्वाचन सम्पन्न नभएसम्मका लागि उक्त आचारसंहिता लागु हुने प्रवक्ता पौडेलले बताए।
नेपाल सरकार, मन्त्री, प्रदेश सरकार र प्रदेश मन्त्री, संवैधानिक निकाय तथा पदाधिकारी, सुरक्षाकर्मी, मतदाता लगायतलाई लागु हुने उल्लेख गरिएको छ।
हेर्नुहोस् क-कसलाई लागु हुन्छ आचारसंहिता:
