नेपाली कांग्रेस गण्डकी संसदीय दलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा राज्यबाट बल प्रयोग हुनु दु:खद भएको बताएको छ।
कांग्रेस गण्डकी संसदीय दल नेता सुरेन्द्रराज पाण्डेले मंगलबार एक विज्ञप्ति जारी गर्दै राप्रपाको प्रदर्शनमा राज्यबाट बल प्रयोग हुनु दु:खद भएको उल्लेख गरका छन्।
‘प्रदर्शनमा सहभागीलाई लाठीचार्ज गर्ने, पानीका फोहरा र अश्रुग्यास प्रहार गरी घाइते बनाएको र केहीलाई पक्राउ गरिएकोप्रति कांग्रेस संसदीय दल गण्डकी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
घाइतेका उपचार र पक्राउ गरिएकाको बिनाशर्त रिहाइका लागि पाण्डेले माग गरेका छन्।
यस्तो छ विज्ञप्ति:
