नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेसका सभापति गगन थापालाई पक्राउ गर्न कसैले नसक्ने टिप्पणी गरेका छन्।
पत्रकारहरूसँग आज कुराकानी गर्दै संयोजक प्रचण्डले कांग्रेस सभापति थापालाई पक्राउ गर्न कसैले नसक्ने दाबी गरेका हुन्।
पत्रकारहरूले कांग्रेस सभापति थापा पक्राउ पर्नेबारे चर्चा भइरहेको सन्दर्भमा प्रचण्डलाई प्रश्न गरेका थिए।
‘सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्यमान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ,’ प्रचण्डले भने, ‘यो निकै चिन्ताको विषय छ, देशका लागि र जनताका लागि पनि। जहाँसम्म गगनजीको कुरा गर्नुभयो, गगनजी पक्रन कसैले सक्दैन।’
उनले सरकारले आइजिपीबाट दानबहादुर कार्कीलाई हटाएको विषयमा अदालतमा रिट परेको भन्दै यसबारे टिप्पणी नगर्ने बताए।