पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश औद्योगिकरण हुन नसक्नुको कारण पहिचान गरी देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न आवश्यक रहेको बताएका छन्।
बुधवार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले देशका राष्ट्रिय उद्योग धन्दाहरुलाई विकास गर्न सक्नुपर्ने पनि बताए।
‘हामीसँग कृषि क्षेत्रसँग सम्बन्धित मात्रै पनि अनेकौँ उद्योगहरु बनाउन सकिन्छ। बन्न पनि खोज्दैछन्, बनाउने सम्भावना व्यापक छन्।हामीसँग वनजन्य उद्योगहरु व्यापक रुपले बनाउन सकिने सम्भावना छन्।तर वनलाई हामीले जसरी उपयोग गर्नुपर्ने हो। त्यसरी अझै उपयोग गर्न सकिरहेका छैनौं। हामी खाली विदेशीहरुको अपेक्षा गरेर हिँडिरहेका छौं,’ उनले भने।
उनले पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन नसकेको बताए। विदेशीहरुको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव नहुने उनले बताए। (न्युज एजेन्सी नेपाल)