इसराइलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको बताएको छ।
तेल अविभस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भएपनि सो आक्रमणबाट त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई कुनै असर नपरेको र सबै नेपालीहरू सकुशल रहेको जानकारी दिएको हो।
इरानले शनिबार रातिदेखि इसराइलमा आक्रमण गरेको थियो।
इरानले आक्रमण गरेलगत्तै तेल अविभस्थित नेपाली दूतावासले सूचना जारी गरी अत्यावश्यक अवस्थामा बाहिर ननिस्कन आग्रह गरेको थियो।
त्यहाँ सहायता आवश्यक परे द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० नम्बरमा र सहचारी संजयकुमार साहलाई ०५४५५८२०७७ नम्बरमा सम्पर्क गर्न भनेको थियो।
दूतावासले पुनः सूचना जारी गरी सबै नेपालीहरू सकुशल रहेको जानकारी गराएको हो।