नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन उत्तरी गोरखा पुगेका छन्।
राजदूत थम्पसन र प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाई लगायतले मंगलबार चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँको भ्रमण गरेका हुन्।
मनास्लु हिमाल क्षेत्र र सामागाउँलगायत अवलोकन गर्न राजदूत थम्पसन उत्तरी गोरखा पुगेका हुन्।
उक्त क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका सांसद बजगाईले सो अवसरमा मनास्लु हिमाल आसपासका क्षेत्रमा जलवायु परिवर्तनबाट स्थानीयका जनजीवनमा परेका असरलगायत बारेमा पनि कुराकानी भएको बताए।
राजदूत थम्पसनले सामागाउँका स्थानीय बासिन्दासँग कुराकानी गरेका थिए। राजदूत थम्पसन मंगलबार नै बारपाक पनि पुगेका थिए।
‘जलवायु परिवर्तन र पर्यटन सम्भावनालगायतबारे नागरिकहरूसँग संवाद गरियो,’ सांसद बजगाईले भने।