प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकता भन्नु तत्कालका लागि सही नहुने बताएका छन्।
आइतबार धनगढी आएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा सत्ता समीकरणमा वामपन्थी मात्रै नभएकाले वाम एकता भन्न सही नहुने बताएका हुन्।
‘समीकरण वामपन्थीको भनेर मात्रै गरेको पनि होइन। त्यसकारण वाम एकता भन्नु सहि पनि छैन। वाम/गैरवाम सबै छन्। त्यसकारण यसलाई सत्ता समीकरणका रूपमा लिएका छौं,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले वामपन्थीबीच समझदारी बन्दै गए एकठाउँमा हुने सम्भावना बढ्दै जाने पनि बताए।
‘त्यस्तो भएन भने अप्ठ्यारो स्थिति पनि हुनसक्छ। जे भएपनि अहिले वामपन्थी एकता होइन। राजनीतिक सत्ता समीकरणको रूपमा मात्रै हेरिएको छ,’ उनले भने।