राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।
राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले आइतवार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्।
उनले आफू सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै पार्टीको जिम्मेवारीबाट अलग भएको बताएकी छन्।
उनले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानुनहरु र राष्ट्रिय सभा नियमावलीले निर्देशित कामहरु तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिबद्धता गरेकी छन्।
उपाध्यक्ष घिमिरे गत चैत्र २८ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
उनी राष्ट्रिय सभा सदस्य पदमा नेकपा(एमाले)को तर्फबाट निर्वाचित भएकी हुन्। (न्युज एजेन्सी नेपाल)