उपनिर्वाचन भइरहेको इलाम-२ मा अपराह्नसम्म जम्मा ५१ प्रतिशत मतदान भएको छ।
इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उपनिर्वाचन भइरहेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा अपराह्न साढे ३ बजेसम्म ५१ प्रतिशत मतदान भएको सेतोपाटीलाई जानकारी दिए।
बिहान ७ बजेदेखि मतदान सुरू भएकोमा १० बजेसम्म २० प्रतिशत र दिउँसो २ बजेसम्म ४२ प्रतिशत मतदान भएको थियो।
मतदान गर्नेको संख्या साँझ बढ्न सक्ने आकलन गरिएको उनले बताए।
दिनभर काममा गएका मानिसहरू अपराह्नमा मतदानमा सहभागी हुने प्रजिअ पौडेलले बताए।
४२ वटै वडाका मतदान केन्द्रहरूमा शान्तिपूर्ण तवरबाट मतदान सञ्चालन भइरहेको पनि उनले बताए।
यहाँ बिहान १० बजेसम्म २० प्रतिशत तदान भएको थियो। मतदान बिहान ७ बजेदेखि सञ्चालन भएको थियो।
इलाममा क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ८८९ जना मतदाता छन्।