इलाम क्षेत्र नम्बर २ मा मतगणना जारी छ।
अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४, र ५ को मतगणना सकिएको छ।
पाँच वडाको मत गनेर सकिँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्।
उनले ३ हजार २४९ मत ल्याउँदा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २ हजार ४६९ मत ल्याएका छन्।
यस आधारमा सुहाङ ७८० मतान्तरले अगाडि छन्।
अहिलेसम्म स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ७०३ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ४३४ मत पाएका छन्।
अहिलेसम्म ७०४३ जम्मा मत गणना भएको र त्यसमा ७९ मत बदर भएको छ।
मतगणनाको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका थिए।
इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए।
त्यसबेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।