इलाम क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङ जीत नजिक पुगेका छन्।
हालसम्म यहाँको ६३०६३ मत गणना भइसकेको छ। यहाँ ६९२८७ मत खसेको थियो।
अब ६२२४ मत मात्र गन्न बाँकी छ। नेम्वाङ र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको मतान्तर ५७०२ छ।
नेम्वाङले अहिलेसम्म २५२६२ मत पाएका छन् भने खड्काले १९५६० मत पाएका छन्।
तेस्रो स्थानमा रहेका मूढा चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले १०७१६ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ४३६४ मत पाएका छन्।
अहिलेसम्म ८०८ मत बदर भएको छ।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम- २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यसबेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।