लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद अभिराम शर्मा निलम्बनमा परेका छन्।
शर्मा लोसपाबाट मधेस प्रदेश सभा सदस्य हुन्।
शर्मालाई मधेस प्रदेश सभा सदस्य पदबाट निलम्बन गरिएको सूचना प्रदेश सभा सचिवालयका सचिव अरूणकुमार झाले प्रकाशित गरेका छन्।
सभामुख रामचन्द्र मण्डलले वैशाख १८ गते शर्मालाई पदबाट निलम्बन गर्ने निर्णय गरेका थिए।
सशस्त्र प्रहरीका असई थमन विक हत्या आरोपमा महोत्तरी जिल्ला अदालतबाट शर्मालाई जन्मकैद फैसला भएको थियो।
यस्तो छ सूचना:
