सरकारको मन्त्रिपरिषद बैठकले १५ वटा निर्णय गरेको छ।
बिहीबार बसेको बैठकले १५ वटा निर्णय गरेको हो।
वैशाख २५ गते नयाँ दिल्लीमा आयोजना हुने रिजनल मिटिङ फर द लन्च अफ रिजनल प्रोग्राम फर साउथ एसियाको कार्यक्रममा महान्यायाधिवक्ता दिनमणि पोखरेल र नायब महान्यायाधिवक्ता संजीवराज रेग्मीलाई सहभागी हुन स्वीकृती दिने निर्णय भएको छ।
विश्व बैंकबाट उपलब्ध हुने एक सय मिलियन अमेरिकी डलर (करिब १३ अर्ब ३३ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ।
भारतमा भइरहेको आम निर्वाचनको अवलोकनका लागि शनिबार देखि वैशाख २७ गतेसम्मका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भारत भ्रमण स्वीकृत भएको छ।
जापानी परराष्ट्र मन्त्री कामिकावा योको वैशाख २३ गते नेपाल भ्रमणको लागि द्विपक्षीय वार्ताका लागि नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र कार्यसूची स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।
हेर्नुस् मन्त्रिपरिषदका निर्णयहरू: