गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत पाएको सभामुख कृष्ण धितालले घोषणा गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध गरेको छ।
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको साथ चाहिने भए पनि सभामुखले ३० सांसदको साथसहित मुख्यमन्त्री अधिकारीका पक्षमा बहुमत भएको आइतबारको प्रदेश सभामा घोषणा गरेपछि कांग्रेसले विरोध गरेको हो।
यो पनि: गण्डकीमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको सभामुखको घोषणा, कांग्रेसको विरोध
‘६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको साथ चाहिन्छ, तर सभामुखले ३० सांसदको साथसहित मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गर्नु आफैँमा असंवैधानिक हो,’ कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डेले पत्रकार सम्मेलन गर्दै भने, ‘हामी फेरि सर्वोच्च अदालत जान्छौं।’
सत्ता पक्षले असंवैधानिक तरिकाले सत्ता कब्जा गर्न खोजेको आरोप उनको छ।
यसैबीच कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्ति निकालेर मुख्यमन्त्री अधिकारीले विश्वास मत प्राप्त गरेको भन्ने घोषणाप्रति गम्भीर असहमति रहेको उल्लेख गरेका छन्।