सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूसहितको बैठक राखेका छन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपासहित विभिन्न दलका प्रमुख सचेतकहरू सहभागी छन्।
बैठकमा उपसभामुख इन्दिरा राना र कानून मन्त्री पदम गिरी पनि सहभागी छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार मध्याह्न शीर्ष नेताहरूले बैठक बसेको हो।
यही वैशाख २८ गतेदेखि संसदको अधिवेशन सुरू हुँदैछ। बैठक सुरू हुनुअघि सभामुखले सत्ता र प्रमुख प्रतिपक्षीसहित दलहरूको बैठक राखेका हुन्।
आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन्।
सहकारी प्रकरणमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ। प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर संसदीय समिति माग गर्दै बैठक अवरोध गरेको थियो।
त्यसबेला पनि सभामुखले सत्ता र प्रतिपक्षी दलहरूको बैठक राखेका थिए।
साथै सभामुखले संसदको आगामी अधिवेशनलाई प्रभावकारी बनाउन संसदीय समितिका सभापतिहरू र सचेतकहरूसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकहरूसँग अलग अलग भेट गरिरहेका छन्।
तस्बिरहरू:
-ink-1715063310.jpeg)
-ink-1715063313.jpeg)
-ink-1715063313.jpeg)
-ink-1715063313.jpeg)
-ink-1715063312.jpeg)
-ink-1715063312.jpeg)
-ink-1715063312.jpeg)
-ink-1715063311.jpeg)
-ink-1715063311.jpeg)
-ink-1715063311.jpeg)
-ink-1715063310.jpeg)
-ink-1715063310.jpeg)
-ink-1715063309.jpeg)
-ink-1715063309.jpeg)
-ink-1715063309.jpeg)
-ink-1715063309.jpeg)