कोशीमा नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आज (बिहीबार) दाबी पेस गर्ने भएका छन्।
एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गर्ने तयारी यी दुई दलको छ।
एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले सेतोपाटीलाई दिएको जानकारी अनुसार दाबी पेस गर्ने, सांसदहरुको सनाखत गर्ने, मुख्यमन्त्री नियुक्त गर्ने, शपथ गराउनेदेखि नयाँ मुख्यमन्त्रीको पदबहालीसम्मको काम आजै टुंग्याउने तयारी छ।
‘आज बिहान साढे १० बजेतिर दाबी पेस हुन्छ’, उनले भने ‘त्यसपछि सनाखत हुन्छ। सनाखत भएलगत्तै तुरुन्तै नियुक्तिपत्र हुन्छ। बेलुका ५ बजेसम्ममा शपथ ग्रहण हुन्छ। ६ बजेसम्ममा पदबहाली हुन्छ।’
प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिसकेका छन्।
विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गरिरहँदा मुख्यमन्त्री केदार कार्की भने अदालत जान काठमाडौं पुगिसकेका छन्।
सर्वोच्च अदालतमा रिट दायर गर्न मुख्यमन्त्री कार्की बिहीबार बिहान काठमाडौं पुगेका छन्। ‘फर्स्ट आवरमै रिट दर्ता गर्न मुख्यमन्त्रीज्यू काठमाडौं पुग्नुभएको छ’, मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवनारायण साहले भने ‘आजै रिट दायर गर्नुहुन्छ।’
मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको दाबी गरेका छन्। ‘प्रदेश प्रमुखले प्रदेशमा एकैपटक दुईटा मुख्यमन्त्री हुने कल्पना गरेको देखिन्छ’, उनले भने ‘यो गैरसंवैधानिक छ।’
प्रदेश प्रमुख परशुराम खापुङ्गले बुधबार राति साढे १० बजे नयाँ सरकार गठनको आह्वान गरेका थिए।
बुधबार प्रदेश प्रमुख खापुङ्गले सविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशीमा सरकार गठनको आह्वान गरेका हुन्।
खापुङ्गले प्रदेश सरकार गठन गर्न कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई वैशाख २८ गते, शुक्रबार अपराह्न ५ः ०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन्।
दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता गरेको ३० दिन पूरा भएको, मुख्यमन्त्रीले विश्वासको मत नलिएको तथा संकल्प प्रस्तावले उनी अल्पमतमा परेको ठहरका आधारमा नयाँ सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयको सूचनामा उल्लेख