नेपाल कांग्रेसकी सांसद सुशीला थिङले मंलबारका प्रतिनिधि सभा बैठकमा दुइवटा असंसदीय अभ्यास भएको बताएकी छन्।
बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सचेतकसमेत रहेकी थिङले असंसदीय अभ्यास र संसदीय मर्यादाविपरीतका गतिविधि भएको बताएकी हुन्।
उनले मंगलबार बजेटमाथिको छलफलमा भाग लिने क्रममा राप्रपा दलका नेता राजेन्द्र लिङ्देनले रोस्टमबाट अर्थमन्त्री खोजेपछि सभामुख आसनबाट आएको अभिव्यक्ति असंसदीय भएको बताइन्।
‘राजेन्द्र कुमार लिङ्देनले रोस्टममा उभिएर बजेटको विषयमा छलफल गर्दा अर्थमन्त्री खोजेपछि सभामुखको आसनबाट टुक्का भन्दै गर्नु भन्ने आवाज सुनियो। संसदीय मर्यादा भयो कि भएन?,’ उनले भनिन्।
त्यस्तै सांसद शान्ति परियारलाई ६ मिनेटको समय दिएर साढे तीन मिनेटमै रेकर्ड अफ गरिदिएको पनि थिङले बताइन्।
‘यस्ता असंसदीय अभ्या; नदोहोरियोस् भनेर संसदमार्फत अनुरोध गर्छु,’ उनले भनिन्।
यो पनिः रोस्टममा उभिएर लिङ्देनले खोजे अर्थमन्त्री (भिडिओ)