जनमत पार्टीको शुभेच्छुक संस्था गैरआवासीय मधेसी संघ तीन महिनाभित्र पुनर्गठन हुने भएको छ।
जनमत पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंहले आइतबार विज्ञप्ति निकालेर तीन महिनाभित्र अन्तर्राष्ट्रिय समिति पुनर्गठन गर्ने बताएका हुन्। आइतबार बसेको सचिवालय बैठकले गैरआवासीय मधेसी संघ (एनआरएमए) पुनर्गठन गर्ने निर्णय गरेको पनि उनले बताएका छन्।
यस शुभेच्छुक संस्थाका अध्यक्ष श्याम महतो छन्।
‘आइतबारको दिन केन्द्रीय सचिवालय समितिको निर्णयानुसार एनआरएमए अन्तर्राष्ट्रिय समितिमा विभिन्न समस्याहरू देखिएकोले सोको लागि विभिन्न देशका इन्चार्जहरू तथा अन्तर्राष्ट्रिय समितिको बैठक बसी आवश्यक छलफल गरी अन्तर्राष्ट्रिय समितिलाई प्रभावकारी बनाउनका लागि ३ महिनाभित्र पुर्नगठन हुनेबारे जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ।