पूर्वराष्ट्रपति विद्या भण्डारीको पत्रकार सम्मेलन सुरू भएको छ।
बबरमहलस्थित कार्की बैंक्वेटमा पूर्वराष्ट्रपति भण्डारीको पत्रकार सम्मेलन सुरू भएको हो।
गत मंगलबार मध्यरात सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले उनको राजनीतिक पुनरागमनलाई रोक लगाउने निर्णय गरेको थियो।
असार १४ गते ७४ औं मदनजयन्तीका दिन सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको यात्रामा बिराम लगाउने गरी एमालेले निर्णय गरेपछि अब के गर्ने भनेर बताउन उनले पत्रकार सम्मेलन गरेकी हुन्।
पत्रकार सम्मेलनमा उनले आफूनिकट नेता–कार्यकर्ताहरूलाई पनि बोलाएकी छिन्।
एमाले केन्द्रीय कमिटीको निर्णयलाई उनले राजनीतिक एवम् कानुनी प्रतिवादको तयारी गरेकी छन्। र, विभिन्न विकल्पबारे परामर्श गरिरहेको उनीनिकट नेताहरूले जानकारी दिएका छन्।
लाइभः