जनता समाजवादी पार्टी नेपालले जेन–जी पुस्तालाई सरकारले दमन गरेको बताको भन्दै दुःख व्यक्त गरेको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै जसपा नेपालले आन्दोलनमाथि दमन बन्द गरी सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन तथा वार्ता र संवाद थाल्न आग्रह गरेको छ।
‘युवा विद्यार्थी सम्मिलित ‘जेनजी जेड’ पुस्ताले आज २०८२ भाद्र २३ गते राजधानी काठमाडौंसहित देशैभरि सरकारले सामाजिक सञ्जालहरू बन्द गरेको विरुद्ध तथा भ्रष्टाचार अन्त्य हुनुपर्ने लगायतका माग गर्दै गरिरहेको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारद्वारा गरिएको दमनमा परि दर्जनौंको संख्यामा ज्यान गएको छ भने सयौं आन्दोलनकारी र पत्रकारहरू सिकिस्त घाइते भएको दुःखद घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।र शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीको गोली प्रहारले मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित तत्काल निशुल्क उपचारको सम्पूर्ण व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछौं,’ जसपा नेपालले भनेको छ।
लामो समयदेखि देशमा देखिएको गरिबी, बेरोजगारी, कुशासन र भ्रष्टाचारको कारण आम जनसमुदाय आक्रोशित युवा विद्यार्थीहरूले गरिरहेको शान्तिपूर्ण आन्दोलनमाथि दमन बन्द गर्न र सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन पनि जसपा नेपालले माग गरेको छ।