काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ५ बजेसम्मलाई कर्फ्यू आदेश जारी गरेको छ।
बानेश्वरसहित संवेदनशील क्षेत्रमा मंगलबार मध्यराति लागू हुने गरी प्रमुख जिल्ला अधिकारी छवि रिजालले बिहान ५ बजेसम्मलाई कर्फ्यू आदेश लम्ब्याएका हुन्।
यसअघि सोमबार दिउँसो साढे १२ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो।
शीतल निवास, हरित गृह, नारायणहिटी दरबार संग्रहालय क्षेत्र, प्रधानमन्त्री निवास र संसद भवन क्षेत्रमा कर्फ्यू आदेश जारी छ।

