खानेपानी मन्त्री प्रदीप यादवले राजीनामा दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले राजीनामा दिएको जानकारी गराएका हुन्।
उनल् लेखेका छन्, ‘प्रिय युवा भाइ बहिनीहरू तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र ऊर्जाका सुत्रधार हुनुहुन्छ। हिजो जेन जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु। हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सही मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु।’
जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव समेत रहेका यादव वीरगन्जबाट निर्वाचित सांसद हुन्।
जसपाबाट उनीसँगै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह पनि सरकारमा छन्।