जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जारी गरेको अनिश्चितकालीन निषेधाज्ञाको बाबजुद रूपन्देहीमा जेन-जीहरूको प्रदर्शन सुरू भएको छ।
जिल्लाका बुटवल, भैरहवा, तिलोत्तमा, सैनामैना लगायतका स्थानमा बिहान साढे ११ बजेदेखि युवाहरूको प्रदर्शन सुरू भएको हो।
बुटवलको राजमार्ग चौराहामा जम्मा भएका जेन-जीहरूको आन्दोलनलाई समर्थन गर्दै अन्य युवाहरू समेत प्रदर्शनमा सहभागी भएका छन्।
अहिले युवाहरूको समूह मिलन चोकबाट बसपार्क हुँदै ट्राफिक चोकतर्फ गइरहेको छ।
जेन-जीहरू सँगसँगै सुरक्षाकर्मीहरू पनि तैनाथ रहेका छन्।
जेन-जीहरूको भीड कतातर्फ जाँदैछ भन्ने कसैले अनुमान गर्न सकेको छैन। यता सैनामैनामा पनि जेन-जीहरूले प्रदर्शन सुरू गरेका छन्।
जेन-जीहरूको समूहले सैनामैना नगरपालिकाका मेयर फणिन्द्र शर्माको घर घेराउ गरिरहेका छन्।