जेनजी पुस्ताका प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको छ।
पोखराको सभागृह चोकबाट सुरू भएको प्रदर्शनकारीको जुलुस न्युरोडस्थित महानगरपालिकाको कार्यालय अगाडि पुगेपछि भ्रष्टाचार विरूद्ध नाराबाजी गरेका थिए।
नाराबाजीकै क्रममा प्रदर्शनकारीले महानगरपालिकाको कार्यालयमा ढुङ्गामुढा गर्नुका साथै बन्द गरिएका गेट खोल्न प्रयास गरेका थिए।
प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास हान्नुका साथै हवाई फायर गरेको हो।