कानुन मन्त्री अजयकुमार चौरसियाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन्।
वीरगञ्ज महानगरपालिका वडा नं ११ स्थित घरमा तोडफोड गरेका हुन्।
प्रहरीले आन्दोलनकारीलाई तितरवितर बनाएको थियो।
मन्त्री चौरसियाको घरदेखि १ सय मिटर पर प्रदर्शनकारी टायर बालेर बसेका छन्। भने कानुनमन्त्री चौरसिया र पूर्वमन्त्री एवं एमाले नेता राजकुमार गुप्ताको घरमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।