जेनजी पुस्ताका प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा आगो लगाएका छन्।
महानगरको बन्द गेट फोडेर उनीहरूले महानगरको कार्यालयमा आगो लगाएका हुन्।
आगलागीका साथै उनीहरूले महानगरपालिकाको कार्यालयमा तोडफोडसमेत गरेका छन्।
पोखराको सभागृह चोकबाट सुरू भएको प्रदर्शनकारीको जुलुस न्युरोडस्थित महानगरपालिकाको कार्यालय अगाडि पुगेपछि भ्रष्टाचार विरूद्ध नाराबाजी गरेका थिए।
प्रदर्शनकारीले तोडफोड आगजनी प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेका थिए।
प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरी र प्रदर्शनकारीबीच अहिले पनि झडप जारी छ।
महानगरभित्र आगोको मुस्लो बलेको छ भने प्रहरीले निरन्तर हवाई फायर अश्रुग्यास प्रहार गरिरहेको छ।