सर्वोच्च अदालतले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ।
सर्वोच्च अदालतको प्रशासनले सामाजिक सञ्जाल बन्दविरुद्ध परेका १० वटा रिट दरपीठ गरेको थियो। सरकारले सामाजिक सञ्जाल नियमन गर्न आह्वान गरेको र सर्वोच्च अदालतको आदेश अनुसार नै रिट दर्ता नगर्ने निर्णय प्रशासनले लिएको थियो।
उक्त निर्णयविरुद्ध अधिवक्ताहरूले रिट दायर गरेका थिए। सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले रिट दर्ता गर्न आदेश दिएको हो।
‘निवेदकहरूले उठाएको विषयवस्तुको गम्भीरता र संवेदनशीलता ध्यानमा राखी रिट आजै दर्ता गरी भोलि पेसी चढाई नियमानुसार गर्नू,’ आदेशमा उल्लेख छ।