गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाको पोखरा नयाँबजारमा रहेको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन्।
प्रदर्शनकारीका समूहले मन्त्री थापाको घरमा आगजनी र तोडफोड गरेका हुन्।
उनीहरूले मन्त्री थापा भ्रष्टाचारी रहेको नाराबाजी समेत गरेका छन्।
पोखरा सभा गृहबाट सुरू भएको जुलुसले पोखरा महानगरपालिकाको कार्यालय जलाएर मेयर धनराज आचार्यको घरमा तोडफोड र आगजनी गरेका थिए। त्यसपछि नयाँबजार गएका प्रदर्शनकारीले मन्त्री थापाको घरमा आगजनी र तोडफोड गरेका हुन्।