जेन-जीहरूको प्रदर्शनको क्रममा बुटवलस्थित एमाले पार्टी कार्यालय आगजनी गरिएको छ।
बुटवलको सुख्खा नगरस्थित एमालेको लुम्बिनी प्रदेश पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका हुन्।
मंगलबार बिहान ११ बजेदेखि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले दिउँसो २ बजेतिर एमाले पार्टी कार्यालय पसेर आगजनी र तोडफोड गरेका हुन्।
प्रदर्शनकारीहरूले कार्यालयभित्रका कुर्ची लगायतका सामान बाहिर निकालेर समेत आगजनी गरेका थिए।