नेपाली सेनासहित सुरक्षा निकायहरू र मुख्य सचिव तथा गृहसचिवले राजनीतिक संवादबाट अहिलेको परिस्थितिको शान्तिपूर्ण समाधान खोज्न अपिल गरेका छन्।
जेनजी आन्दोलन चर्कंदै गएको छ। प्रदर्शनकारीहरूले संघीय संसद भवन र सिंहदरबार, पार्टी कार्यालयहरू र नेताका घरमा आगजनी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर राष्ट्रपतिले स्वीकृतसमेत गरिसकेका छन्।
जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो।
