जेन–जी प्रदर्शनकारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आगजनी गरेका छन्।
प्रदर्शनकारीले मंगलबार पूर्वराष्ट्रपति भण्डारीको भंगालस्थित निवासमा आगजनी गरेको उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए।
‘पूर्वराष्ट्रपतिको निवासमा आगजनी भएको छ। उहाँलाई सुरक्षित स्थानमा लगिएको छ। प्रदर्शनकारीहरू अहिले पनि उहाँको निवास वरिपरि नै छन्,’ राईले सेतोपाटीसँग भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामाको घोषणा गरे पनि काठमाडौंलगायत देशभर प्रदर्शन रोकिएको छैन। प्रदर्शनकारीहरूले निरन्तर तोडफोड र आगजनी गरिरहेका छन्।