राष्ट्रपति कार्यालय शीतल निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
मंगलबार अपराह्नमा प्रदर्शनकारीहरूले आगजनी गरेका हुन्।
राष्ट्रपति भवनबाट सम्भवत: राष्ट्रपति रामचन्द्र पौडेललाई सुरक्षित स्थानमा लगिएको छ।
यसअघि प्रदर्शनकारीले सिंहदरबार, संसदभवन, लगायत विभिन्न स्थानमा आगजनी गरेका छन्।
त्यस्तै प्रदर्शनकारीले शीर्ष नेताहरूको निवासमा समेत आगजनी गरेका छन्।
यस प्रदर्शनको क्रममा सोमबार १९ र मंगलबार थप दुई जनाको मृत्यु भएको छ।
यो घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा समेत दिइसकेका छन्।
उनको राजीनामा स्वीकृत समेत भइसकेको छ।