वरिष्ठ नेत्र चिकित्सक सन्दुक रूइतले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अपिल गरेका छन्।
उनले एक विशेष अनुरोध जारी गर्दै सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित नहुने बताएका छन्।
'परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरू, तपाईंहरूले देखाउनुभएको अदम्य साहसका कारण असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन,' रूइतले अनुरोध जारी गर्दै भनेका छन्, 'सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सान नगारौं र गर्न नदिऔं। संयम बनौं। सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं।