नेपाली सेनाले परिस्थिति थप जटिल हुन नदिन अनुरोध गरेको छ।
मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सेनाले परिस्थिति थप जटिल हुन नदिन अनुरोध गरेको हो।
'विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ,' अपिलमा भनिएको छ।
त्यस्तै नेपाली सेनाले अहिलेको विकसित अवस्थालाई मध्यनजरमा राखेर नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ।
‘अहिलेको परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो,’ अपिलमा भनिएको छ।
यस्तै नेपाली सेनाले जेनजी आन्दोलनका विकसित घटनाक्रम पनि विश्लेषण गरिरहेको बताएको छ।
