जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका छन्।
कार्यालयमा रहेका प्रहरी कर्मचारीलाई लखेटर प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन्। उनीहरूले अहिले पनि आगजनी र तोडफोड गरिरहेका छन्।
आन्दोलनकारीले प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई पनि बाहिर निकालेका छन् भने कार्यालयमा रहेका महत्वपूर्ण कागजात पनि जलाएका छन्।
उनीहरूले प्रहरी गाडि लगायत अन्य संरचना पनि जलाएका छन्। प्रदर्शनकारीहरूले पोखरामा रहेका सबैजसो सरकारी कार्यालय तोडफोड र आगजनी गरिसकेका छन्।
उनीहरूले प्रहरीकाे हतियार पनि खाेसेर प्रदर्शन गरेका छन्।