तुलसीपुर कारागारका एक सय २४ कैदी जेल तोडेर भागेका छन्।
मंगलबार बेलुकी पाँच बजेतिर कारागारको मुल गेटको पर्खाल तोडेर उनीहरू भागेको कारागारका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए।
उनका अनुसार कारागार भित्र हो–हल्ला गर्दै गेट तोड्न खोजेपछि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले हवाइ फायर गरेको थियो। तर पनि उनीहरू भाग्न सफल भएको कारागारले जनाएको छ।
एउटा ब्लकमा बसेका कुल एक सय ७९ कैदीबन्दीमध्ये एक सय २४ जना जेल तोडेर भागेपनि ५५ जना भने नभागेको उनले बताए।
प्रर्दशन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बेलुकी ६ बजेदेखि तुलसीपुर, घोराही, लमही र राप्ती गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिसकेको छ।