भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको घटनाक्रमबारे विस्तृत छलफल भएको बताएका छन्।
मंगलबार मन्त्रिपरिष्द समितिको बैठकमा नेपालको घटनाक्रमहरूबारे विस्तृत छलफल भएको सामाजिक सञ्जाल एक्समा लेख्दै बताएका छन्।
'आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो,' उनले लेखेका छन्, 'नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ।'
यस्तै, प्रधानमन्त्री मोदीले नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण भएको बताउँदै शान्ति व्यवस्था कायम राख्न अपिल गरेका छन्।
'म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल गर्दछु', उनले भनेका छन्।