नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले धैर्य गर्दै संयमित बन्न आह्वान गर्दै ‘हामी फेरि उठ्नेछौं’ भनेर सामाजिक सन्जालमा लेखेका छन्।
कवि नेत्रलाल अभागीको चर्चित कविता फेसबुकमा पोस्ट गर्दै यसो भनेका हुन्।
‘धैर्य गरौं, संयमित बनौं, हामी फेरि उठ्ने छौं,’ उनले लेखेका छन्।
सोमबार सुरू भएको जेनजी आन्दोलनपछि मंगलबार उग्र बनेको थियो।
आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले विभिन्न प्रशासनिक भवन आगजनी गरेका छन्।
सिंहदरबार र सर्वोच्च अदालतको आगजनी बुधबार बिहानसम्म नियन्त्रणमा आएको छैन।
शीर्ष नेताहरूको निजी घर र मन्त्रीका क्वार्टर समेतमा आगजनी भएको थियो।